राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भाष्कर भद्रालाई पार्टी महामन्त्री र उद्धव पौडेललाई कोषाध्यक्षमा मंगलबार मनोनित गरेका छन्। अध्यक्ष थापाले पार्टीको विधान अनुसार ललितपुरका भद्रालाई महामन्त्री र काठमाडौंका पौडेललाई कोषाध्यक्ष पदमा मनोनयन गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
भद्रा राप्रपाका पुराना नेता हुन् भने पौडेल राप्रपाकै पुर्व कोषाध्यक्षसमेत हुन् । सोमबार राप्रपा कार्यसम्पादन समितिको बैठकले सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।