नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ ८ गते शुक्रबार बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको विधान मस्यौदा समिति गठन गर्ने तयारी कांग्रेसको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान ११ बजे बैठक राखिएको जानकारी दिए।