संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा शनिबार निधन भएको छ। उनी केही समयदेखि बिरामी थिए।
सन् २००१ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका उनी राष्ट्रसंघमा दुई कार्यकालसम्म महासचिव रहेर काम गरे। सन् १९९७ देखि २००६ सम्म उनले राष्ट्रसंघ सम्हालेका थिए।
सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रूपमा समेत काम गरेका थिए।
(एजेन्सीको सहयोगमा)