प्रधानमन्त्री केपी शर्मा ओलीले खर वा फुसको छाना विस्थापित गर्न सरकारले ५० हजारको टिनको छानो उपलब्ध गराउने भएको छ।
प्रदेशसभा २ को बैठकलाई सम्बोधन गर्दै उनले सो कुराको जानकारी दिएका हुन्।
‘सरकारले खर वा फुसको छाना भएका घरलाई विस्थापित गर्नको लागि ५० हजारको टिनको छानो उपलब्ध गराउँछ’, सम्बोधन गर्दै उनले भने, यो ऋण होइन अनुदान हो।’
गर्मी महिनामा यो प्रदेशमा आगलागी समस्या व्यापक हुने हुँदा सरकारले उक्त समस्या हल गर्न अनुदान स्वरुप टिनको छाना उपलब्ध गराउन लागेको हो।