नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हृदयेश त्रिपाठीले जथाभावी कर लगाइएको प्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा त्रिपाठीले गाउँ/गाउँमा कर बढाइएको प्रति विरोध जनाएका हुन्।
'स्याङ्जामा ज्योतिष सेवामा पनि २ हजार कर तिर्नुपर्ने भएछ', त्रिपाठीले भने, 'ज्योतिषलाई आफ्नो भविष्य पनि थाहा भएन।'
त्रिपाठीले कुखुरा र परेवा जे देख्यो त्यसैमा कर लगाइएको बताए।
'कुन दिन मान्छेमा पनि कर लगाउँछ', त्रिपाठीले भने।
उनले संघीयतालाई करकै कारण बदनाम गर्न खोजिएको बताए।
'यो संघीयताको होइन, कर प्रणाली र शैलीको विफलता देखाउँछ', त्रिपाठी भनाइ थियो।
उनले मनोमानी ढंगले कर लगाएको भन्दै विरोध जनाए। 'प्रदेशलाई अधिकारबिहीन बनाउँदा देखिएको अवस्था हो यो', त्रिपाठीले भने, 'संसदीय समिति बनाएर काम गर्नुपर्छ।'