विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट भएको छ।
बम विष्फोट भए पनि कुनै मानवीय क्षति नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए।
‘विष्फोटबाट झ्यालको सिसा फुटेको भन्ने सूचना छ’, केसीले सेतोपाटीसँग भने, ‘दिउँसो २ बजेतिरको घटना हो। प्रहरी परिचालित भएको छ।’
महानगरपालिका क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएकाले विष्फोटको घटनाको छिट्टै पत्ता लाग्ने उनले बताए।
‘भीडभाडको क्षेत्र हो। सिसिटिभी क्यामेरा पनि छन्। महानगरीय प्रहरी पनि थियो होला’, केसीले भने, ‘घटना सामान्य हो।’ उनले विष्फोट कसले गरायो भन्ने नखुलेको बताए।
मोरङ प्रहरी प्रमुख मनोज केसीले सेतोपाटीसँग भने,‘विस्फोट भएकै हो, कसले र किन गरेको भन्ने केही खुलेको छैन, हामी अनुसन्धान गर्दैछौं।’