बलाधिकृत रथी पूर्णचन्द्र थापाले आजदेखि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्ने भएका छन्।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार एक कार्यक्रमबीच विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्नेछन्।
आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन् ।
बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि नेपालको ४३ औं प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हाल्ने छन्।
विसं २०१७ भदौ २५ गते लमजुङमा जन्मिएका बलाधिकृत थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।