प्रतिनिधिसभा बैठकले नेपाली कांग्रेसका पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
आइतबार बसेको बैठकले पंगेनीको निधनमा शोक प्रस्ताव पारित गरेको हो।
स्याङ्जाका जिल्ला सभापति समेत रहेका कांग्रेस नेता पंगेनीको आइतबार बिहान हृदयघातका कारण निधन भएको हो।
घरमा छाति दुखेको बताएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा बिहान साढे ६ बजे बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
२०७० सालमा स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद पंगेनी २०३५ सालदेखि राजनीतिमा सक्रिय थिए। ५४ वर्षीय पंगेनीका श्रीमती, एक छोरा र एक छोरी छन्।
अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने छ।