प्रधानमन्त्री केपी ओलीले सूचना प्रविधिको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउन सूचना प्रविधिको प्रयोग अति उपयोगी माध्याम भएकाले सरकार यसलाई बढावा दिन केन्द्रित रहेको पनि स्पष्ट पारे।
शुक्रबार ‘डिजिटल नेपाल फन्फरेन्स’ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्व दुनिँयामा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको प्रयोग अनिवार्य रहेको पनि बताए।
उनले मुलुकलाई छिटो अघि बढाउन पनि सूचना प्रविधितर्फको यात्रा अपरिहार्य रहेको बताए। प्रधानमन्त्री ओलीले प्रविधिको माध्यामबाट उत्पादन र उत्पादकत्व बढाउने र मुलुकलाई समृद्ध बनाउन योजना पनि अघि सारे।
प्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई समृद्ध, आधुनिक र सभ्य बनाउन चाहेको पनि स्पष्ट पारे। उनले उत्पीडित जनतामा खुशीयाली छाउने गरी सरकारले सुशासन र विकासमा जोड दिएको पनि स्पष्ट पारे।
कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका लागि सरकारले सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको बताए।
उनले भारत र चीनको सूचना प्रविधिबाट नेपालले लाभ लिने वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सूचना प्रविधिमार्फत् एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती कितावखाना र कर्मचारी संचय कोषबीच समझदारी पनि गरिएको थियो। सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरु सहभागी छन्।