अबदेखि मन्त्रिपरिषद् बैठक ‘पेपरलेस’ (कागजविहीन) हुने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरू एप्पल कम्पनीका म्याकबुक ल्यापटप बोकेर उपस्थित छन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बैठकको तस्बिर सार्वजनिक गर्दै मन्त्रिपरिषद् हुन लागेको बताएका छन्।
सरकारले यसअघि हरेक मन्त्रीलाई ल्यापटप किन्ने निर्णय गरेको थियो। अब मन्त्रीले कागजमा लेखेर कुनै प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने छैनन्।