प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश हुन नदिन आफूहरुको सरकार विरोधि आन्दोलन सुरु गर्नु परेको पनि स्पष्ट पारे।
सोमबार पार्टीमा आवद्ध नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन पनि सचेत गराएका हुन्।
वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जबरर्जस्ती प्रतिबन्ध गराउने कोशिस भईरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका हुन्। गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुनेगरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र ताकेको, महंगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाई छ ।
वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरुले खवरदारी गरिरहेको दाबी गरे। लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो।