संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका दीपकराज जोशीको सुनुवाइ साउन १० गतेलाई तोकेको छ।
यसअघि समितिले उनी विरुद्ध कुनै उजुरी भए दिन सूचना जारी गरेको थियो।
अहिलेसम्म जोशी विरुद्ध ५ उजुरी परेका छन्। समितिले मंगलबार उनी विरूद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ।
डेढ महिना अघि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि जोशीलाई सिफारिस गरेर संसदीय सुनुवाइका लागि पठाएको थियो।
सुनुवाइ समितिको बहुमतबाट प्रधानन्यायाधीशको अनुमोदन हुन सक्ने नियम छ।
उनलाई सुनुवाइ समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशका लागि नियुक्ति गर्ने छिन्। जोशी अहिले कायममुकायम प्रधानन्यायाधीशको रूपमा कार्यरत छन्।