सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठनले देशका सबै मेडिकल कलेज राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन्।
आइतबार विज्ञप्ति जारी गर्दै नेकपाका भातृ संगठन वाइसिएल, युवा संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्मअनुरूप निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामूखी ट्रस्टमा रूपान्तरण गर्न माग गरेका हुन्।
उनीहरूले सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरू गर्न पनि माग गरेका छन्।
उनीहरूले चिकित्सा शिक्षामा दिइने छात्रवृत्ति पनि न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाउन माग गरेका छन्। युवा र विद्यार्थीले २३ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका वार्ता गर्न पनि माग गरेका छन्। यस्तो छ विज्ञप्ति