नेपाली कांग्रेसले सरकारको हस्तक्षेपकारी क्रियाकलापको शसक्त प्रतिकार गर्ने भएको छ।
सार्वजनिक महत्वका मुद्दामा सरकारलाई सचेत गराउन भेला तथा प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकार खोस्ने काम भएको भन्दै कांग्रेसले त्यस विरुद्ध शसक्त प्रतिकार गर्ने रणनिति बनाएको हो।
सानेपास्थित पार्टी कार्यालयमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले अधिनायकवाद उन्मुख सरकारी शैलीको एकीकृत र शसक्त ढंगले प्रतिकार गर्ने बताएका हुन्।
प्रतिपक्षीको विरोधका कारण संसद बैठक नै ८ दिन पछि सार्नु र शान्तिपूर्ण प्रर्दशनमा प्रहरी दमन गर्ने घटनाले सरकार चरम अधिनायकवाद उन्मुख हुँदै गएको संकेत दिएको उनले टिप्पणी गरे।
उनले विगत सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु संसदबाट पारित गर्नु वर्तमान समस्या समाधान भए पनि संविधानत सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्थाको कार्यान्वयन, अधिनायकवादी शैली, चर्को मुल्यवृद्धि लगायत समग्र मुद्दाहरु सम्बोधन गरिनुपर्ने बताए।
डाक्टर केसीको माग पुरा गर्नुको सट्टा सरकारले डाक्टर केसीलाई नै अधिनायकवाद करार गरेको भन्दै उनले आपत्ती जनाए।