नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
प्रहरीले झडपलाई नियन्त्रण गर्नको लागि ८ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ।
प्रदर्शनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेको छ। प्रदर्शनकारीले प्रदेश नम्बर ३ का सामाजिक मन्त्री युवराज दुलाल चढ्ने बा १ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक मन्त्री किशोर शाह चढ्ने बा १ झ ७२३४ गाडी र प्रदेश नम्बर ४ की सामाजिक मन्त्री नरदेवी पुन मगर चढ्ने ग १ झ २७६ गाडी तोडफोड गरेको हो।
झडपमा डीएसपी दानबहादुर मल्ल, इन्स्पेक्टर खेम नेपालसहित १४ प्रहरी घाइते भएका छन्। घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य प्रदर्शनकारी पनि घाइते भएका छन्।