नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोधमा सडकमा उत्रिएको छ।
राजधानीको माइतीघर मण्डलमा शनिबार सरकारविरुद्ध तरुण दलले प्रदर्शन गरेको हो। प्रदर्शनको नेतृत्व तरुण दलका अध्यक्ष जीतजंग बस्तेतले गरेका छन्।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे पनि तरुण दलले गरेको विरोध र्यालीमा सहभागी छन्।
सरकारले माइतीघर मण्डलालगायत क्षेत्रलाई निषेधित क्षेत्र तोकेको, डाक्टर केसीको माग पूरा नगरेको तथा मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको विरोधमा तरुण दल सडकमा उत्रिएको हो।
सबै तस्बिरहरू : निशा भण्डारी/सेतोपाटी