सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको घरमा प्रेसर कुकर बम भेटिएको छ।
उनी राजपा नेता राजेन्द्र महतोका भाइ हुन् भने त्यस क्षेत्रबाट प्रदेश सभामा निर्वाचित उपेन्द्र महतोको भतिज हुन्।
विधायक उपेन्द्र महतोले बिहान बच्चाहरुले बम फेला पारेको बताए।
घटनास्थलमा अहिले नेपाल प्रहरी र नेपाली सेना पुगेका छन् ।