डाक्टर गोविन्द केसीलाई लिन गएको सरकारी टोलीलाई रोक्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरू चेन गेट लगाएर भर्याङभरि बसेका छन्।
अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेर अस्पताल परिसरभित्र प्रवेश गरेको थियो।
अस्पताल परिसरमा प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेर भित्र प्रवेश गरेपछि डा केसीलाई उठाउन नदिन विद्यार्थीहरू चेन गेटमा साँचो लगाएर बसेका हुन्।