प्रदेश नम्वर ७ को मन्त्रिपरिषद बैठकले आकस्मिक कोष सञ्चालन गर्ने कार्यविधि स्वीकृत गरेको छ। प्राकृतिक/गैरप्राकृतिक संकट आइपरेका बेला राहत र उद्धारमा सहज हुने अपेक्षासहित शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिए।
'वर्खाका बेला बाढीपहिरोको विपद् आइपर्छ। त्यस्तो बेला राहत र उद्धारका लागि प्रयोग गर्न हामीले कोष पारित गरी कार्यविधि नै स्वीकृत गरेका हौं' उनले भने।
कार्यविधि स्वीकृत भएकोले अब कोष सञ्चालनको मापदण्ड तयार गर्ने उनले बताए। यो आवका लागि सरकारले कोषमा ५० लाख विनियोजन गरेको छ।