प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन्।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलको क्रममा उनले उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी यथाशीघ्र पुर्न भनेका छन्।
उनले देशभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन समेत निर्देशन दिएका हुन्।
कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडकको अवस्था र सार्वजनिक यातायातको क्षेत्रमा केही समय अघिसम्म रहेको सिण्डिकेटको पूर्ण रूपमा अन्त्य गर्नेे विषयलाई लिएर सञ्चार माध्यममा आएको समाचाहरूको सम्बन्धमा ध्यानाकर्षण भएको समेत उनले बताएका छन्।
छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–थानकोट, चाबहिल–बौद्ध– जोरपाटी सडक र उपत्यकाका सडकका खाल्डाखुल्डीको व्यवस्थापन ५० दिनभित्र महसुस हुने गरी सुधार आउने बताएका छन्।