नेपाल कम्युनिष्ट पार्टीले नियमावली पारित गरेको छ।
बुधबार बिहान बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले नियमावली पारित गरेको हो।
विषयवस्तु टुंगिसकेकाले महासचिवले भाषा सम्पादन गरेर एकदुई दिनमा नियमावली प्रकाशन हुने बताइएको छ।
जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा प्रदेश र जिल्लागत संरचना, विभागलगायतका विषय नियमावलीमा समावेश गरिएको छ।
निमयावली पारित भए पनि त्यसभित्रका विषयवस्तुबारे भने खुलाइएको छैन।