गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र खानेपानी मन्त्री बिना मगरबीच खानेपानीको क्षेत्रमा देखिएका बिभिन्न समस्या समाधानका लागि दुई मन्त्रालय मिलेर काम गर्ने सहमति भएको छ।
आज गृहमन्त्रालयमा भएको छलफलमा खानेपानी आयोजनाको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार, खानेपानीको चुहावटमा संलग्न, दूषित पानी वितरण गर्नेहरु तथा खानेपानीको बक्यौता नतिर्नेलाई दुई मन्त्रालयले समन्यव गरेर कारबाही गर्ने सहमति भएको छ ।
बैठकमा खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको असोज १५ गतेदेखि पानी वितरण गर्ने तयारी भईरहेको जानकारी दिइन्।