प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको ६ दिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन गएकोमा भ्रमण सम्पन्न गरी आइतबार बिहान स्वदेश फिर्ता भएका हुन्।