चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो ग्रेट हल अफ पिपल्समा दुई देशका प्रतिनिधि मण्डलसहित भेटवार्ता भएको हो।
भेटवार्तामा राष्ट्रपति सीले नयाँ संविधान ल्याएर र निर्वाचनमार्फत नयाँ समाजिक व्यवस्था अवलम्बन गरी स्थायित्वतिर अघि बढेकोमा खुसी प्रकट गरे।
प्रतिनिधि मण्डलस्तरिय भेटवार्ता हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच पौने घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो।
भेटवार्तामा भएका थप कुराकानी दुबै पक्षले केही खुलाएका छैनन्।