प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा रेल्वे, उर्जा र पुनर्निर्माणसम्बन्धी द्विपक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर हुने जानकारी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलत कनेक्टिभिटीमा केन्द्रीत रहेको बताए। उनले कनेक्टिभिटीको अर्थ बाटो मात्रै नभएको भन्दै प्रष्ट्याउने कोशिश समेत गरे। 'भ्रमणका अवसरमा रेल्वेका सम्बन्धमा, उर्जा सहयोगको सम्बन्धमा पुर्न निर्माणका सम्बन्धमा द्विपक्षीय सम्झौता र सम्झदारीम हस्ताक्षर हुनेछ', ओलीले संसदमा भने, 'ट्रान्स हिमालय मल्टि डाइमेनसनल ट्रान्सपोर्ट नेटवर्क भनेर नेपालले हस्ताक्षर गरिसकेको छ। त्यसको फ्रेमवर्क भित्र बन्दरगाह, सडक, हवाइमार्ग, रेलमार्ग आदि विस्तार गर्ने। अप्टिकल फाइबर प्रभावकारी बनाउनु छ। उत्तर दक्षिणका केही थप करिडोरबारे समझदारी हुने सम्भावना छ।'
प्रधानमन्त्री ओलीले आफूले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटका क्रममा व्यापार घाटा, बिआरआई अन्तर्गतका रेल, सडक, जलविद्युत संरचना निर्माणमा लगानी जुटाउने विषयमा छलफल गर्ने बताए।
'हामी के कस्तो सहकार्य गर्न सक्छौँ भन्ने ढाँचामा छलफल गर्नेछौँ', प्रधानमन्त्री ओलीले भने, 'मुलत तीन वटा ढाँचा हुनसक्छ। एउटा सहयोगको ढाँचा। अर्को सहकार्यको ढाँचो र अर्को संयुक्त लगानी। सहकार्य भनेको सरकारसँग र लगानी निजी क्षेत्रसँग।'
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा ल्हासा पुग्ने कार्यक्रम रहेको केही पर्यटन प्रवद्धनका कार्यक्रममा समेत सहभागि हुने बताए। प्रधानमन्त्री ओलीले यसअघि सन् २०१६ को मार्चमा आफ्नो भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उल्लेख गरे।
राष्ट्रिय प्राथमिकतामा रहेको विकासको अजेण्डा चीन भ्रमणको प्राथमिकता रहेको बताए।
चीन जानुअघि संसदमा उनले चिनियाँ सहयोगको समेत स्मरण गरे। चीनले बनाइदिएको बानेश्वकरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रियसभा गृहको समेत सम्झना गरे। अनि नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले चीन नेपालको समस्या रहित मित्रता रहको देश भएको उल्लेख गरे।
प्रधानमन्त्री ओली भोलि बिहान चीन भ्रमणका लागि निसक्दैँछन्। उनी आउँदो १० गते बिहान काठमाडौँ फर्कनेछन्।