खाद्यान्नलगायतमा अस्वभाविक मूल्यबृद्धि हुँदा पनि सरकारले अनुगमन नगरेको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले सडकमै सामुहिक भोजन गरेको छ।
दैनिक उपभोग्य सामग्रीमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै नेविसंघ त्रिवि समितिले कीर्तिपुर क्षेत्रका घरबाट दाल, चामल, नून, तेल, तरकारी मागेर सामुहिक भोजन गरेको हो।
दाउरा बालेर पकाएको खाना सडकमै उभिएर सामुहिक रुपमा खाएको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले सेतोपाटीलाई जानकारी दिए। सरकारले दैनिक उपभोग्य सामग्रीमा गरेको मूल्यबृद्धि तथा बजार अनुगमन नगरेसम्म आन्दोलन जारी राख्ने नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए।