गृहमन्त्री रामबहादुर थापा ६ वर्ष राष्ट्रिय सभा सदस्य हुने भएका छन्। आज भएको पदावधि गोलाप्रथामा उनलाई ६ वर्ष कार्यकालको चिठ्ठा परेको हो।
राष्ट्रिय सभाका सदस्यको पदावधिका लागि अहिले संसद भवन नयाँ बानेश्वरमा गोलाप्रथा चलिरहेको छ। प्रदेशगत रूपमा विजयी भएका ५६ र राष्ट्रपतिबाट मनोनित ३ जना सदस्यको पदावधिका लागि गोलाप्रथा भएको हो।
राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई पनि ४ वर्षको चिठ्ठा परेको छ।
त्यस्तै गायिकासमेत रहेकी राष्ट्रिय सभा सदस्य कोमल वली ४ वर्ष राष्ट्रिय सभा सदस्य हुने भएकी छन्।
वलीले तानेको गोलामा कार्यकाल ४ वर्षको लेखिएको छ।
संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ। उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ।
राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो।