प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि सर्वेन्द्र खनाल पहिलो पटक अमेरिका गएका छन्।
संयुक्त राष्ट्र संघले न्युयोर्कमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी आइतबार साँझ अमेरिका प्रस्थान गरेका हुन्।
संयुक्त राष्ट्र संघको कार्यालय न्युयोर्कमा हुने चिफ अफ पुलिस समिटमा नेपालको नेतृत्व गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
समिटमा विश्वभरका प्रहरी प्रमुखहरूको सहभागिता रहने छ।
अमेरिका प्रस्थान गर्नुअघि खनालले निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी एआइजी दिनेशचन्द्र पोखरेललाई दिएका छन्। पोखरेललाई निमित्त आइजिपीको कार्यभार दिएको भन्दै केही डिआइजीहरूले असन्तुष्टि ब्यक्त गरेका छन्।
उनी असार ९ गते स्वदेश फर्कने कार्यक्रम छ।