नयाँ शक्ति पार्टी नेपालको आंगिक संगठन राष्ट्रिय युवा अभियानको अध्यक्षमा रमेश पोखरेल ‘अटल’ चयन भएका छन्।
नयाँ शक्ति प्रदेश नम्बर ४ का संगठन विभाग प्रमुख र नयाँ शक्ति गोरखाको संयोजक रहेका पोखरेल बिहिबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
पोखरेल जनयुद्धको समयदेखि नै बाबुराम भट्टराईको विचार समूहमा थिए। उनी नयाँ शक्ति गठन हुनुपूर्व वाइसिएल गोरखाको अध्यक्ष थिए।
नयाँ शक्तिको दोस्रो स्थापना दिवससँगै राजधानीमा भएको राष्ट्रिय युवा अभियानको तेस्रो भेलाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय पदाधिकारी रहने गरी कूल ७५ सदस्यीय युवा अभियान गठन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा भीम पराजुली र उपाध्यक्षमा ज्ञानु आचार्य, राम कृष्ण जैसी, निरज प्रधान चयन भए। महासचिवमा जिएस गुरुङ, सचिवमा विकाश घिमिरे, राज थापा लगायत रहेको नयाँ शक्तिको विद्यार्थी संगठनका उपाध्यक्ष आरएन श्रेष्ठले जानकारी दिए।