नेपालस्थित इजरायली दूतावासको सुरक्षामा खटिएका प्रहरी पहरा गणका सहायक निरीक्षक (असई) अनुपराज थापाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको पुष्टि गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।