तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्य हत्या भयो। हत्याको जानकारी पाएपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थल जान काठमाडौंबाट हिँड्यो। घटनाबारे खबर गर्ने चुडामणि उप्रेती ‘गोरे’ प्रहरी टोली बीच बाटोमा हुँदै भागे। उनी भारत पुगे।
डिएसपी प्रजित केसीको नेतृत्वमा गएको टोलीले सनमको शव भेटेर मुचुल्का तयार पार्यो।
त्यसपछि गोरेसँग डिएसपी केसी र सई सञ्जेलले कुराकानी गरे।
सेतोपाटीलाई प्राप्त अडियोमा सुरुमा गोरे र सञ्जेलबीच कुरा हुन्छ। पछि सञ्जेलले फोन केसीलाई दिन्छन्। अडियोमा केसीले गोरेलाई हामीले तिमीलाई बचाएका छौ, प्रतिवादी बनाएका छैनौ तिम्रो नाममा मुद्दा चल्दैन भनेर सम्झाएका छन्।
गोरेले काठमाडौमा गएर राम तिवारीलाई भेट्ने अफर गरेका छन्।
यस्तो छ टेलिफोन संवाद
गोरेः हलो, हजुर मामा।
सञ्जेलः हजुर भान्जा, अहिले भान्जी (गोरेको श्रीमती)ले फोन गर्नुभएको थियो।
अब हाम्रो प्लान क्यान्सिल भयो हैन भान्जा, मलाई धोकैधोका, तिम्रो मोहनेसोहने सबै चोरहरु हुन्, मालका बारेमा उनीहरुलाई पनि थाहा छ। हिजो तिमीले फोन गरेका बेला उनीहरुले सुनेका रैछन। तिमीहरूलाई पनि ट्रयापमा पार्ने र मलाई पनि पार्ने रहेछन्। मैले मिलाए पनि उनीहरूले तिमी हामीलाई ट्रयापमा पार्ने रहेछन्।
यिनीहरूले मिलाउने भए केही छैन। भोलि किटानी पर्छ। गोरेले होइन भने भने तिमी त बाँच्यौ नि त।
हाम्रो प्लान अनुसार नमिले पनि, जस्तो मुचुल्का गरेर तिमीलाई छोड्ने थियो। सरले तेरो भान्जाले धोका दियो पैसा पनि गरेन भन्नुभयो। मैले पैसाको कुरा मिलाएँ, सर अहिले गाह्रो छ भनेर मैले मिलाएँ।
गोरेः पैसाको चिन्ता नलिनु, अहिले ५० लाख जति लिनु।
सञ्जेलः हैनहैन भान्जा, त्यसो हैन मैले पैसाको कुरो मिलाएँ।
यो मोहनेहरू हरामी रैछ। हाम्रो प्लान यस्तो थियो भनेर अरूलाई सेयर गरिसकेका रहेछन्। नम्बर लिने हामीलाई अप्ठेरो पार्ने योजना गरेछ। तिमी यहाँ भएको भए सबै कुरा मिलिसक्थ्यो। मुचुल्का गरेर हामी कागज लिएर जान्थ्यौं। तिमी आफ्नो साइड लाग्थ्यौ।
पछि पनि तिमीलाई बचाउने ठाउँ छ। उनीहरुको योजना तिमीलाई फसाउने छ। अब पछि पनि तिमीलाई बचाउने ठाँउ छ, के छ भने तिमीले फकाएर यो थिएन भन्दिए भने। तर उनीहरुको प्लान तिमीलाई फसाउने छ, सामानहरु त यिनीसंग छ,।
यीनीहरुलाई संगै राखेर ल्याप्चे राखेको भए हुन्थ्यो।
गोरेः अब के गर्ने त?
सञ्जेलः अब मैले तेत्रो भनेको। विश्वासघात भयो। भान्जीले मसँग रुदै फोन गरिन्।
तिमीले सबै चिनेको रहेछौ सबैले कुरा आउट गरिसके।
गोरेः नाइँ मामा नाइँ। अरुलाई भनेको छैन।
सञ्जेलः त्रिशुलीमा हालेको भए के हुन्थ्यो भन त। (सनमको लास त्रिशुलीमा फाल्ने योजना) त्यो कुरा पनि मोहनेले भनेको, कुनचाहिँ डिएसपी हो कि एसपीले भनेको रे।
गोरेः २/३ ओटा अप्सन भएका थिए। त्यो प्लान मेरो होइन, म त्यस्तो पनि गर्दिनँ।
सञ्जेलः मोहने तिम्रो मान्छे होइन, सबै कुरा गोरेले गरेको भनेको।
तिमी अएको भए, सूचना दिने तिमी हो भनेर बचाउने थियांै, तिमी नआएर सबैले बिगारे। त्यसमा तिम्रो नाम राख्न लागेका थियौं।
गोरेः अपराधी म होइन, अलिअलि झापड हान भनेको हो। मैले मारेको त होइन नि।
सञ्जेलः होइन। त्यो यिनीहरुले पनि भनिराछन्। उसको बफादारी देखाएको हो, योजना बनाउने तिमी हो भनेका छन्। पानी पनि खान नदिइकने मार्ने उसको आदेश हो भनेका छन्। उसले नहान भन भनेको भए हान्थेन पनि भनेका छन्।
ल ल सरसँग कुरा गर।
गोरे र सञ्जेलले यति कुरा गरेपछि सञ्जेलले फोन डिएसपी केसीलाई दिन्छन्।
गोरेः हलो
केसीः हलो
केसीः तिमीले थाहा पाइहाल्यौ होला, तिमीहरुको भित्री कुराहरु के के भएको छ, त्यो हामीलाई थाहा हुदैन।
तिमी यहाँ मात्र भएको भए सबै कुरा कन्ट्रोल हुन्थ्यो। अहिले त कहिँ पनि नाम राखेको छैन, तिमीले नै हामीलाई सूचना दिएर भन्थ्यौं। कस्तो राम्रो प्लान फुत्कायौ।
ठिकै छ, तिमीले खबर दिएको, इन्डियनहरू आएर यसो गरेको रहेछ, भनेर खबर गरिरको छु। सुन ल्याएर आउनुमा उसको हात छ, भनेको छु। तर मारेको हैन भनेको छु। सबै कुरा ढाट्नु हुदैन के। के गर्ने सबै बिगा¥यौ।
गोरे : त्यसले मलाई सिध्याउनै खोजेको रहेछ।
केसीः अनि त। सबै कुरा भनिराछ, मुला।
तिम्रो त्यो एसपीसँग भएको कुरा हामीलाई के थाहा हुन्छ, त्यो कुरा मोहनले भनेको।
यति कुरा पछि गोरेले खाना खाएर कुरा गर्ने भन्छन्। डिएसपी केसीले पनि ल ल खाउ अनि कुरा गरौला भनेर फोन राख्छन्।
केहीबेरमा फेरि कुरा हुन्छ।
गोरेः हलो हलो
केसीः हलो अघिनै फोन गरेको मिसकल भएछ।
गोरेः भन्नु न।
केसीः अघि नै कुरा भयो त्यही त हो नि।
गोरेः अँ, त्यसो भए केही अप्सन छैन।
केसीः अरु के अप्सन चाहिन्छ? सबै कुरा मिलेकै त छ नी। केही कुरा बिग्रेको छैन।
गोरेः मिलिसक्यो?
केसीः मिलिसक्यो, तिमीहरूले के–के कुरा बिगारे भन्थे। थाहा छैन।
गोरे : मामाले के कुरा मिलेको छैन भन्दै छन् त।
केसी : मामाले के भने र?
गोरे : सञ्जेल मामाले मोहनेले खै के भन्यो भन्दै....।
केसी : तिनीहरूले के के भने। त्यो त मलाई पनि राम्रोसँग थाहा छैन। हामी तिमीलाई प्रतिवादी बनाउदैनौं, हामीले तिम्रो नाम फरारमा राख्दैनौ के। तिमीलाई प्रतिवादी बनाएर मुद्दा चलाउदैनौं। यिनीहरूले के के भन्छन् मेरो ग्यारेन्टी भएन। तर हामी गर्दैनौं, ढुक्क बन।
गोरेः अलि मजाले सम्झाइदिनु त।
केसीः मजाले सम्झाउँदा कस्तो हुन्छ भने, मुद्दा चलाउँदा सरकार वादी र अर्को प्रतिवादी हुन्छ। जसलाई मुद्दा चलाइन्छ। त्यसमा प्रतिवादीको नाम हालिदैन, नहाल्ने त्यसमा। भनेपछि तिम्रो विरुद्धमा मुद्धा चलेकोे होइन। बुझ्यो कुरा त्यही गर्ने भनेको हो।
तिमी यहाँ भएको भए सबै सकाइदिन्थे, आऊ न पछि बसेर कुरा गरौंला।
गोरेः फरारमा हालेको छैन?
केसीः छैन भन्या। तिमी कुरै बुझ्दैन रैछौ यार। फरार भनेको प्रतिवादी नाम हालेर मान्छे भेटेन भने त्यो फरार हुन्छ क्या।
गोरे : फरारमा हाल्देको छ?
केसी : छैन, तिमी नेपाली बुझ्दैनौ क्या हो। प्रतिवादीमा पनि हालेको छैन त कसरी फरार हुन्छ? बुझेनौ कुरा।
गोरे : मामाले त तिम्रो मान्छेले के के भन्यो भन्दै थिए त।
केसी : तिम्रो मान्छेले के के भन्यो बयान लिएको छैन अहिले। तिम्रो मान्छेले बढ्ता कुरा त गरिरहेको छ, नचाहिने कुरा।
तिम्रो नाम प्रतिबादीमा हालेको छैन के। तिमीलाई विपक्षी बनाएको छैन, तीनीहरूले के कसो भने मलाई थाहा छैन तर हामीले मुद्दा चलाउनेमा तिम्रो नाम हालेका छैनौं। तर फरक पर्दैन पछि मिलिहाल्छ। पछि तिम्रो वकिल राम्रो भए तिनीहरुले मिलाइ हाल्छन् केही फरक पर्दैन।
फोनमा कुरा गरेर भएन के, तिमीसँग एक पटक भेट्नु पर्यो। एक पटक भेटौं, कता भेट्ने हो फोन गर्नू। तिम्रो मामा र म आउँला। भेटेरै कुरा बुझाउँला यस्तो कुरा फोनमा धेरै नगरौं। अब बुझ्यो कुरा।
गोरेः तपार्इं राम तिवारीलाई चिन्नुहुन्छ?
केसी को?
गोरेः काठमाडौंमा तपाईलाई भेट्न लगाउँछु।
केसी : को मान्छे हो भनन त। मलाई नम्बर मेसेज गर। उसको नाम नम्बर पठाउन। पहिले हेर्छु, को मान्छे हो, के गर्छ सबै हेर्नु प¥यो नि। मलाई त्यसको नाम र नम्बर पठाऊ।
गोरेः राम्रो मान्छे हो।
केसीः राम्रो मान्छे हो? ल ल कल गर न त। ल कुरा गर।
म सुत्छु। मोबाइल साइलेन्समा राख्छु। बेलुका कुरा गर्छु। ल बाई।
गोरे : ल ल।
केसी : ल बाई।