नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको बैठक केहीबेरमा सुरू हुने भएको छ।
बालुवाटारमा केहीबेरमा सुरू हुने लागेको बैठकमा पार्टीका विधि र सञ्चालनका बारेमा छलफल गर्ने बताइएको छ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सोमबार पूर्णता पाएको थियो।
केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो।
बैठकमा दुबै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।
बैठकमा सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित उपस्थित आह्वान गरिएको छ।
केन्द्रीय समितिमा ४ सय ४१ केन्द्रीय सदस्य रहेका छन्।