रातोपाटी डट कमका प्रधान सम्पादक ओम शर्मा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भएका छन्।
४ सय ४१ सदस्यीय नेकपाको केन्द्रीय समितिमा शर्मा तत्कालिन माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य मनोनित भएका हुन्। उनी पुष्पकमल दाहाल पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकारसमेत भएका थिए।
सेतोपाटीसँगको कुराकानीमा उनले गणतन्त्रका लागि जेल बस्नेदेखि लडाँइ लड्नेसम्मको आफ्नो भूमिकाका कारण केन्द्रीय सदस्य मनोनित भएको बताए। उनले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्ने विषयमा भने निर्णय गर्न बाँकी रहेको बताए।
'अहिले केही सोचेको छैन', शर्माले सेतोपाटीसँग भने, 'म अहिले पत्रकार नै हो।'