एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभएको बिजुक्छेको टिप्पणी (भिडियोसहित)


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभएको टिप्पणी गरेका छन् ।
अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने तर्क पनि गर्नु भयो । शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ उनले पार्टी एकताको आधार सिद्धान्त नभएकाले केही वर्ष भित्रै नवगठित नेपाल कम्युनिष्ट पार्टीमा फुट आउने ठोकुवा समेत गरे ।
अध्यक्ष बिजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षा फौज नै नेपालमा आउनु मुलुकको निम्ति लज्जाबोधको विषय भएको पनि बताए । उनले मोदीको नेपाल भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन समेत पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीको पनि आलोचना गरे ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.