प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई हारबाट नआत्तिन आग्रह गरेका छन्।
पार्टी एकता घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेस वैधानिक रूपमा प्रमुख प्रतीपक्षी भए पनि आफूले कांग्रेसलाई प्रतीपक्षी नमान्ने बताए।
‘कांग्रेस इतिहास बोकेका पार्टी हो तर एउटा हारबाट आत्तिएको छ, कहिले कता टाउको ठोकेको छ, कहिले उता टाउको ठोकेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘२०१५ मा कांग्रेसले दुई तिहाइ जितेको थियो हामीले ४ सिटमात्र पाएका थियौं। तर हामी त दृढताका साथ बस्यौं।’
उनले हारबाट आत्तिएर कांग्रेसले जनताले नै झिजो मान्ने काम गरिरहेको बताए।
यसअघि सम्बोधनको सुरुआतमा प्रधानमन्त्री ओलीले अर्को चुनावमा कम्युनिष्ट पार्टीले तीन चौथाइ बहुमत ल्याउने दाबी गरेका थिए।