नेपाल कम्युनिष्ट पार्टी दर्ता गर्ने जिम्मा नेम्वाङ र गुरुङलाई


नेकपा एमाले र माओवादीले एक भएर नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुबै दलको संयुक्त बैठकले दुबै दलका पुराना संगठन बिघटन भएको र नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ।

बैठकको सुरुमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको बनाउने घोषणा गरेका थिए।

त्यसपछि पुष्पकमल दाहालले विभिन्न एजेन्डाहरू बैठक पेश गरेका थिए। दाहालले पार्टीको चुनाव चिन्ह,दलको विधान र सम्पत्तिका बारे प्रस्ताव पेश गरेका थिए।

दाहालको प्रस्ताव पारित भएसँगै दुबै दलका नेताले नयाँ पार्टीको केन्द्रीय सदस्यको सपथ खाएका थिए।

बैठकले नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्ने जिम्मा नेताहरू सुवास नेम्वाङ र देव गुरुङलाई दिएको छ।

नेम्वाङ र गुरुङ दल दर्ताको निवेदन लिएर आजै आयोग कार्यालय जानेछन्। उनीहरूसँगै अधिवक्ता मुक्ति प्रधान,बाबुराम दाहाल र रमेश बराल पनि आयोग जानेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.