बाबुरामको प्रचण्डलाई प्रश्न: जनयुद्धमा पछुताउँदै ‘मदन’ पथमा हिँडेको हो ?


सत्तारूढ दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको घोषणा हुने पूर्वसन्ध्यामा नयाँ शक्ति नेपालका सं‌योजक एवम् पूर्व माओवादी नेता बाबुराम भट्टराईले प्रतिक्रिया दिएका छन्।

कुनै बेलाका सहयोद्धारहेका बाबुरामले प्रचण्डलाई जनयुद्धबाट पछुताएको आरोप लगाएका छन्।

२५ औँ स्मृति दिवसको अवसरमा बिहिबार मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिँदै प्रचण्डमाथि शैद्धान्तिक प्रश्न गरेका हुन्।

‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन! आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्व गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो? प्रष्ट पारियोस्!,’बाबुरामले भनेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.