प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बढ्ता बलियो भयो भनेर टिप्पणी हुने गरेको बताएका छन्। एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बलियो व्यक्ति तानाशाह हुने उल्लेख गरे। तर लोकतन्त्रका लागि लडेको व्यक्ति तानाशाह हुन नसक्ने उनको भनाई थियो।
‘हामी लोकतन्त्रमा छौं’, ओलीले भने, ‘हामीले दमन गर्छौं कि भन्ने भ्रम छ। तर विल्कुल हुदैँन।'
ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसप्रति सत्तापक्ष सहिष्णु र उदार हुने बताए। ‘उहाँहरू असहिष्णु भए तत्काल न चुनाव हुन्छ न सरकार परिवर्तन’,ओलीले भने, ‘बढ्ता कराउनु भयो भने घाँटीमा समस्या हुन्छ।'
उनले कांग्रेस नेता शेखर कोइरालाको भनाइप्रति लक्षित गर्दै ‘फू’ गर्दा सरकार नढल्ने दाबी गरे। ‘फू गरेर ढालिन्छ भनेको सुनें’, ओलीले भने, ‘काकाले भनेको सुनेर होला। तर यो सरकार दृढ छ। जनताको म्याण्डेट छ।'
प्रधानमन्त्री ओली सरकार बन्दै गर्दा छिमेकीसँगको सम्बन्ध कस्तो हुन्छ भन्ने संशय अहिले हटेको दाबी गरे।
‘धेरैले छिमेकी सम्बन्ध राष्ट्रिय हितमा लगाउन सक्दैन भन्ने सोचेको थियो’, ओलीले भने, ‘छिमेक सम्बन्ध समुचित ढंगले प्रयोग गर्न सकिन्छ।‘
https://youtu.be/7yq28h63RmA