राष्ट्रपति भण्डारी संसद भवन पुग्दा (फोटोफिचर)


बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनको बैठकलाई सम्बोधन गरेकी छन्। राष्ट्रपति भण्डारीले  संघीय  संसदलाई पहिलो पटक सम्बोधन गरेकी हुन्।

राष्ट्रपति बानेश्वरस्थित संसद भवन पुग्दा उपराष्ट्रपति नन्दबहादुर पुन,  प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू र अन्य सांसदले स्वागत गरेका थिए। लिखित सम्बोधनमा राष्ट्रपति भण्डारीले चुनावपछि राजनीतिक संक्रमण सकिएकाले मुलुक स्थायीत्व र समृद्धिको युगमा प्रवेश गरेको बताइन्।

राष्ट्रपति आउने भएपछि संसद भवनलाई दुलहीझैँ सिगारिएको थियो।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.