प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदका ७५ प्रतिशतभन्दा बढी सांसदले समर्थन गरेका छन्।
प्रधानमन्त्री भएको २४ दिनमा ओलीले संसदमा विश्वासको मत लिएका थिए।
मतदानमा २७५ मध्ये २६८ सांसद सहभागी भएका थिए। तीमध्ये नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीका २०८ सांसदले ओलीलाई विश्वासको मत दिएका थिए।
उनलाई नेपाली कांग्रेस र नेमकिपाका सांसदले विश्वासको मत दिएन। ओलीको विश्वासको मत नदिने सांसदको संख्या ६० छ।
संसदमा कांग्रेसका ६३ जना सांसद छन्।
नयाँ शक्तिका सांसद बाबुराम भट्टराई विदेशमा भएकाले मतदानमा सहभागी भएनन्। उनले यसअघि नै आफ्नो पार्टी प्रतीपक्षमा बस्ने बताएका थिए।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए।