प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत लिएका छन्।
प्रतिनिधिसभाको बैठकले ओलीले प्रस्तुत गरेको विश्वासको मत बहुमतले पारित भएको हो। उनको पक्षमा २०८ मत परेको छ भने विपक्षमा ६० मत मात्र परेको छ।
वाम गठबन्धनका एमाले र माओवादीका सँगै संघीय समाजवादी फोरम, राजपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले ओलीलाई मत दिएका छन् ।
प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ। कांग्रेसका र नेमकिपाले ओलीका विपक्षमा मत दिएका हुन्।
नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई आइतबारको संसद बैठकमा उपस्थित थिएनन्।
आइतबारको बैठकमा कुल २६८ सांसद उपस्थित थिए।