प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ताको लागि तोकिएको बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा एक्लो उम्मेदवारी परेपछि श्रेष्ठ निर्विरोध भएका हुन्।
प्रदेश संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । श्रेष्ठ काठमाडौं– २ ‘क’बाट निर्वाचित भएका थिए।
माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलको प्रस्ताव र एमालेका रामेश्वर फुयालको समर्थनमा श्रेष्ठले मनोनयन दर्ता गरेका थिए।