कोमल वली एमालेबाट राष्ट्रिय सभामा उम्मेद्वार


गायीका एवम् सञ्चारकर्मी कोमल वलीलाई नेकपा एमालेले प्रदेश नं ५ बाट राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ। एमाले स्थायी समिति बैठकले वलीलाई प्रदेश नं ५ बाट महिला तर्फ उम्मेद्वार बनाउने निर्णय गरेको हो।

वली निर्वाचन अघि राप्रपा छाडेर एमाले प्रवेश गरेकी थिइन्। प्रतिनिधि सभा निर्वाचनमा एमालेले उम्मेद्वार नबनाएपछि उनले स्वतन्त्र उम्मेद्वारी समेत दर्ता गराएकी थिइन्। तर एमालेले उचित सम्बोधन गर्ने भन्दै उनको मनोनयन फिर्ता लिन लगाएको थियो।

एमाले सचिव प्रदिप ज्ञवालीले जारी गरेको विज्ञप्तीमा वलीलाई उम्मेद्वार बनाउने उल्लेख छ। एमालेले प्रदेश ७, ६ र ५ को १३ उम्मेद्वार टुङ्गो लगाएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.