नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ ।
एकतालाई मूर्तरुप दिनका लागि कार्यदल सहितको वाम एकता संयोजन समितिको बैठक सुरू भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा एमालेका तर्फबाट ओली सहित झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ,सुरेन्द्र पाण्डे सहभागि छन्।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादाव सामेल छन्।
संयोजन समिति बैठकको एजेन्डा तय गर्न शनिबार साँझ ओली र दाहालबीच बालकोटमा छलफल भएको थियो ।
सरकार गठनअघि नै पार्टी एकतामा जुटेको एमाले-माओवादीबीच नेतृत्व, सांगठनिक विषय र सैद्धान्तिक बाटो के हुने भने विषयमा बहस चलिरहेको छ।