उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता, के विषयमा भयो छलफल?


उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहिबार स्वदेश फर्केका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राख्नुभएको उनीहरूबीच करीब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.