मन्त्रिपरिषद बैठक स्थगित, भोलि बिहान ९ बजे बस्ने


आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग मंगलबार बिहान गरेको लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन्। बैठक भोलि बिहान ९ बजे बस्ने प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले सेतोपाटीलाई बताए।

सरकारले  आज सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको थियो।  सबै दलको सहमतिमा प्रदेश प्रमुख तोक्ने तयारी भएकाले बैठक भोलिसम्मका लागि रोकिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.