सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै विनाविभागीय भएयताका पारिश्रमिक नलिने बताएका छन्।
सरकारमा बिनाविभागीय मन्त्रीका रूपमा रहेका माओवादी मन्त्रीहरूको राजीनामा पत्र गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र बुझाए।
माओवादीका मन्त्रीहरूले बिहिबार नै राजीनामा बुझाउने बताएतापनि सार्वजनिक बिदा परेका कारण रोकिएको थियो।
माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रूपमा थिए।
प्रधानमन्त्री देउवाले गत असोज ३१ गते माओवादीका मन्त्रीहरूको जिम्मेवारी खोस्दै बिनाविभागीय हैसियतको बनाएका थिए।
कामचलाउ सरकारले राजस्व दुरूपयोग गरेको आरोप लगाउँदै पोखरेलले आफूहरू निर्वाचन सुनिश्चितताका लागि मात्र सरकारमा बसेको बताए।
नयाँ सरकार निर्माणमा सहयोग पुग्ने भन्दै आफूहरू सरकारबाट बाहिरिएको उनले राजीनामा पत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बताए।
जनादेशको कदर गरी सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्रीसँग उनले माग समेत गरेका छ्न।
https://youtu.be/B8DWB-5gRdU
सरकारबाट बाहिरिएका माओवादी मन्त्रीहरूमन्त्रीहरु
- कृष्णबहादुर महरा
- गिरिराजमणि पोखरेल
- जनार्दन शर्मा
- प्रभु शाह
- टेकबहादुर बस्नेत
- शिवकुमार मण्डल केवट
- महेन्द्रबहादुर शाही
- आशा कोइराला
- सन्तकुमार थारु
राज्यमन्त्री
- मोहम्मद जाकिर हुसेन
- रामसिंह यादव
- श्यामकुमार श्रेष्ठ
- कर्णबहादुर विक
- छमबहादुर गुरुङ
- गोमा कुँवर
- वाङदी शेर्पा
यस्तो छ राजीनामा पत्र