बयान सकिएपछि डाक्टर केसीलाई वीर अस्पताल लगियो


सर्वोच्च अदालतमा बयान सकिएपछि डाक्टर गोविन्द केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको छ।

डाक्टर केसीले अदालतको मानहानी गरेको मुद्दामा बयान सकिएको पश्चात न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले उनको स्वास्थ्यको ख्याल गर्नु भनि आदेश दिएको हो।

प्रहरीका अनुसार उनलाई आज रात वीर अस्पतालमा नै राखिने भएको छ।

मंगलबार दिनभर उनी अदालत परिसरमा समेत प्रहरी एम्बुलेसभित्रै बसेका थिए।

भोलि केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहसको नेतृत्व गर्नेछन्। भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहसका लागि नाम लेखाएका छन्।

केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्नेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.