ओली भोली थाइल्याण्ड जाँदै

फाइल फोटो


नेकपा एमालेका अध्यक्ष केपी शर्मा भोली उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्।

ओली भोली दिउँसो १२: ३० बजे थाइल्याण्ड जान लागेका हुन्। मृगौलासम्बन्धि रोगबाट पीडित ओली प्रत्येक ६ महिनामा उपचारका लागि थाइल्याण्ड पुग्ने गरेका छन्।

झाडापखालाका कारण बिरामी परेका ओली केही समयता बालकोटस्थित निवासबाट बाहिर निस्किएका छैनन्। उनले पार्टीको बैठक र राजनीतिक भेटघाट समेत निवासमै गर्दै आएका छन्। ओलीले उपचारका लागि झण्डै एक साता थाइल्याण्डमा बिताउने जनाइएको छ।

*नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा समय दिउँसो वा राती भन्ने नखुलाउँदा सेतोपाटीले  असवाधानीवश यसअघि आजै जाने उल्लेख गरेकोमा सच्याइएको छ। 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.