केसीलाई सरकारको होइन अदालतको आदेशमा पक्राउ गरिएको होः खाँड


सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले चिकित्सक गोविन्द केसीलाई सरकारले नभई अदालतको आदेशमा पक्राउ गरिएको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै खाँडले सर्वोच्च अदालतको समेत सम्मान हुनेगरी वरिष्ठ चिकित्सक केसीको माग पनि सम्बोधन हुनुपर्ने स्पष्ट पार्दै उनले चिकित्सक केसीलाई सरकारले नभई अदालतको आदेशमा पक्राउ गरिएको पनि स्मरण गराए।

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले जनताको पक्षमा वकालत गरिरहेका चिकित्सक केसीलाई सर्वोच्च अदालतले पक्राउ गरेकोमा उनले असन्तुष्टिसमेत व्यक्त गरे।

उनले अदालतको आदेशको सम्मान गर्दै चिकित्सक केसीको माग सम्बोधन गर्न पनि सरकारसँग माग गरे। राज्यले चिकित्सक केसीले उठाउँदै आएको मागलाई सम्मान गर्नुपर्ने उनको भनाई छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.